काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रहेको छ ।
अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति भई र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
वि.सं.२०७९ माघ १९ बिहीवार १०:१५ मा प्रकाशित