काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन सेयर बजार २२.१२ अंकले घटेको हो ।
उक्त दिन नेप्से परिसुचक २०९४.५४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा २ अर्ब ९ करोड ६४ लाख १९ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
आज नेप्सेमा सूचिकृत २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०६ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै उपसूचकमा राताम्मै छाएको छ ।
वि.सं.२०७९ माघ १९ बिहीवार १५:०५ मा प्रकाशित