back
NMB ad

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिंदैछ ?

Kumari bank ad

काठमाडौं । आज अर्थात माघ २६ गते बिहीबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भोली अर्थात माघ २७ गते बुकक्लोज गर्दैछ भने ज्योति विकास बैंकले माघ २९ गते अर्थात आइतबार बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्षको मुनाफाबाट ६.९९ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

सोही लाभांश पारित गर्न कम्पनीले फागुन ११ गते बिहीबार, बिहान १० बजे, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा १८ औं वार्षिक साधारण सभा बोलाएको छ।

सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्षको मुनाफाबाट १२.४० प्रतिशतले बोनस र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशतले नगद लाभांश वितरण गर्दैछ।

कम्पनीले फागुन ११ गते बिहीबार, बिहान १० बजे, लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा २६ औं वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, ज्योति विकास बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकले फागुन १४ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा पन्ध्रौं वार्षिक साधारण सभा डाकेको छ।

वि.सं.२०७९ माघ २६ बिहीवार ०९:४३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...