back
NMB ad

राईनासमा किवी पकेट क्षेत्र : कृषकलाई अनुदानमा बिरुवा

Kumari bank ad

लमजुङ । फलहरूमा उत्कृष्ट मानिने किवी खेतीलाई विस्तार गर्नको लागि राईनासले कुँडुलेलाई किवी पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना बनाएसँगै कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको छ ।

हालै मात्र राईनासले आफ्नो पालिकाको वडा नं. ९ कुडुँलेलाई किवि पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना बनाएको हो । किवीलाई फलहरुको राजा फल मानिन्छ । यस क्षेत्रमा किवीको सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले बताए ।

यसवर्ष सो क्षेत्रको करिव ६० रोपनी जग्गामा १ हजार २ सय किवीको विरुवा रोप्ने योजना अनुसार नगरपालिकाले किसानहरुलाई अनुदानमा किवीको विरुवा उपलव्ध गराएको हो । फुलफूल तथा घाँसे नसर्री स्थापना कार्यक्रम अन्र्तगत १ लाख ५० हजार बजेटबाट किवीको विरुवा खरिद गरी कुडँुले किवी तथा अलैँची उत्पादन समूहका किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको राइनास नगरपालिकाका कृषि प्राविधिक पवन ढकालले जानकारी दिए ।

किवी खेतीका लागि २७ जना किसान सम्मिलित कुडुले किवी तथा अलैँची उत्पादन समूह गठन गरिएको छ । उक्त समूहलाई नरपालिकाले कृषि प्राविधिक तथा विषय विज्ञको उपस्थितिमा किवी खेती गर्ने तरिका वारे प्रशिक्षण दिएर विरुवा उपलव्ध गराएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए ।

कृषिलाई नगरपालिकाको विकासको प्राथमिक क्षेत्रको रुपमा अघि बढाएको नगरपालिकाले चालु आर्थिक वर्षबाट किवी खेती विस्तार तथा प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालन गरेको छ । भौगोलिक भूवनोट तथा किवी खेतीको लागि उपयुक्त स्थानको रुपमा वडा नं. ९ कुडुँलेलाई छनौट गरी उक्त क्षेत्रलाई किवी पकेट क्षेत्रको रुपमा विकास गरेर सफल भएमा कृषकहरुले मनग्य आय आर्जन गर्न सक्ने विश्वास लिइएको छ ।

किवीका विरुवा रोप्नका लागि खाडल खनेर तयारी अवस्थामा राखेसँगै नगरपालिकाले किसानहरूलाई किविका विरुवा वितरण गरको हो । चालु आर्थिक वर्षबाट किवी खेती विस्तार कार्यक्रम ल्याएको नगरपालिकाले पहिलो वर्ष कृषकहरूलाई तालिमसहित बिरुवामा उपलब्ध गराएको हो । सोबाहेक प्राविधिक सहयोग र विरुवा रोप्नको लागि खाडल खन्न तथा पुर्ने लगायतका कार्यका लागि पनि नगरपालिकाले सहयोग गर्ने भएको छ ।

यसवर्ष रोपिएका विरुवाको संरक्षण सँगै आगामी वर्ष थप विस्तार गर्ने योजना वनाएको नगरपालिकाले केहि वर्षभित्र राइनास किवीको हव क्षेत्रको रुपमा विकास हुने अपेक्षा लिएको छ ।

वि.सं.२०७९ फागुन ५ शुक्रवार १०:५० मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...