back
NMB ad

सडकबाट ब्याजदर घटाउन सकिँदैन : बैंकर संघका अध्यक्ष सुनिल केसीको विचार

१८ लाख ऋणीहरुलाई हेरेर ४ करोड ७० लाख बचतकर्ताको भविष्यलाई अप्ठ्यारो पार्न मिल्दैन

Kumari bank ad

विश्वव्यापी तथ्यांकहरु हेर्ने हो भने अर्थतन्त्र त्यति राम्रो सुध्रिसकेको छैन । अझै केही ब्याजदर बढ्ने क्रम जारी नै छ । सबैभन्दा पछिल्लो अमेरिकामा सोफर रेट ४.५ पुगको छ । जुन तथ्यांक आजभन्दा एक वर्ष अगाडी त्यो रेटहरु १ प्रतिशत भन्दा तल थियो । संसारकै सबैभन्दा ठुला इकोनोमिमा पनि रेट बढ्ने क्रम जारी छ । त्यसको असर संसर भरी नै पर्ने हो ।

अर्को, संगैको देश भारतमा चाहिं भर्खरै ०.२५ ले बढाइयो । अहिले पनि स्थिति बाह्य रुपमा युद्धको अवस्था छ । तेलको मूल्य पनि बढ्न थालेको कारणले गर्दा जुन अनिश्चितता छ । आइएमएफ, वल्र्ड बैंकको पनि रेट चाहिं एकदमै डाउन हुने २.८३ मा पुग्ने भन्ने छ । त्यसले नेपाललाई असर गर्छ भन्ने कुरा बुझ्नु पर्छ । र हामीले बुझ्नु पर्ने अर्को कुरा बाहिर ब्याजदर बृद्धि भैरहँदा नेपालमा बैंक व्यवस्थापन बाहिरी अवस्थाबाट छुट्टै पफर्म गर्न सक्दैन भन्ने मान्यता बुझाउन जरुरी छ ।
नेपालमा केही पनि भएको छैन । नेपालमा सिंगल डिजिटमा ब्याजदर आउनुपर्यो । नेपालमा डिपोजिट रेट घटाएर ५ प्रतिशत गर्नु पर्यो भन्ने कुरा जहाँ छ, अहिले पनि साँढे ७ प्रतिशत लिन्छ, २.९ घट्दै आइरहेको, इन्फ्लुयन्स रेट त्यो चाहिं हामीलाई गाह्रो पर्ने खालको कुरा हो । तर, त्यो भनिरहँदाखेरी चाहिं नेपलाको अर्थतन्त्रको मेजर फ्याक्टर रेमिट्यान्स हो । गतवर्षको प्रक्षेपण हेर्ने हो भने प्रतिमहिना ७२ अर्वको आउँथ्यो भने अहिले आएर ९८ अर्व पुगिसक्यो अस्तिको महिनामा १०४ अर्व रेकर्ड कायम भएको छ । त्यसले केही सकारात्कम संकेत देखाएको छ ।

त्यसैगरी आयातमा गत वर्ष औसतमा १८७ अर्व जति थियो । अहिले त्यो घटेर गएको ६ महिनालाई हेर्दा ३३ प्रतिशतमा आएको छ । त्यो पनि हामीलाई एक किसिमको सपोट पुगिराखेको छ । त्यसको असरचाहिं बिओपी ९७ बिलियन्स छ, त्यो २४०/२४५ अर्व पुग्थ्यो । करेन्ट एकाउन पनि घट्दै आइरहेको छ । ब्यालेन्स अफ ट्रेड घटेको छ । यो सबै कुराहरुले केही न केही रुपमा सुधारात्मक र सकारात्मक संकेत मिलिराखेको छ ।

त्यो संगसंगै डिपोजिटको पनि डाटा हेर्दा करिव २ सय अर्व डिपोजिट पहिलो सात महिनामा गरियो । गत वर्षकै तुलनामा पछिल्लो पाँच महिनामा फागुनदेखि असारसम्म हुने हो भने २ सय ३० अर्व जति थियो । त्यति नै मात्र भए पनि वार्षिक ४३० अर्व पुग्छ । तर, जहिले पनि अन्तिम पाँच सात वर्षको ट्रेण्ड हेर्ने र गएको कोविड प्रभावित समयलाई छोड्ने हो भने चाहिं अर्को २५० वर्ष बढ्छ । ४५० देखि ५०० अर्व यो आर्थिक वर्षमा डिपोजिट पुग्छ भन्ने हाम्रो अनुमान हो ।

लोनको पनि लास्ट पाँच वर्ष अर्थात कोविड पिरियड कटाएर हेर्ने हो भने हामी झण्डै ४०० अर्वको हाराहारीमा पुग्छौं भन्ने अनुमान गरिराखेका छौं । यो लेवलमा जाने हो भने लिक्विडिटिमा त्यति धेरै चाप नपर्न सक्छ । तर, अहिलेको अवस्था अलि फरक छ । अहिले ८६.६ जति सिडि रेसियोमा, नेपाल बैंक र वाणिज्य बैंकलाई छोडिदिने हो भने यो चाही ८७ भन्दा माथि छ । बाहिरबाट हेर्दा लेण्डरेभर फण्डहरु गैसक्यो बैंकहरु किन आक्रामक रुपमा गैराखेको छैन भनेर जिज्ञासा आइरहेको छ । अझै पनि बाहिरको परिस्थिति र हाम्रै केही अवस्था हेरेर अगाडी बढ्नुपर्ने अवस्था छ । जुन किसिमले डिपोजिट देखिन्छ त्यही किसिमले लोन पनि बढेर जाला । अझै पनि प्रोसेस्ली हेर्नु पर्ने, पर्ख र हेरको अवस्थामा छौं । जुन बेला क्लियर साइन देख्यौं र बैंकहरु मिलेर ब्याजदर घटायौं । अहिले अर्को चरणमा कसरी जान्छ र त्यो भन्दा पनि महत्वपूर्ण रुपमा जुन खालको आर्थिक वर्षमा मार्केटबाट लिक्विडिटी हुन सक्ने सम्भावनालाई हामीले देखिराखेका छौं । त्यो लिक्विडिटी डिप्रिसियस छ । त्यो अवस्था भनेको नेपाल सरकारको स्थायित्व र सुरक्षाबाट वा बाह्य कारणबाट पनि हुन्छ । बाहिरबाट बरोइङ गर्नलाई नेपालको जिडिपी रेसियो अलमस्ट ४८ प्रतिसततिर पुगिसकेको अवस्था छ । त्यहाँ पनि अलिकती होला र बाहिरी पैसा भित्र्याउन समय पनि लाग्ने हुन्छ । तुरुन्तै हुन सक्दैन । सरकारी फोकस चाहिं यहिंको टे«जरी बिलहरु उठाएर गर्ने हुन्छ होला । त्यसले गर्दाखेरी लिक्विडिटिमा चाप आउन सक्ने अवस्था देख्छौं । अहिले केही राम्रो हुने संकेत देखिराखेका छौं । राम्रो हुने आधारहरु बन्दै गएको छ । अझै पनि सजकता पुर्वक अगाडी बढ्नुपर्ने अवस्था छ ।
हामीलाई ब्याजदर बढी भयो भन्ने जस्ता विभिन्न खाले मागहरु आइराखेको छ । बेसरेट घटाउनुपर्यो सिंगल डिजिटमा भन्ने कुराहरु छन्, त्यो कुरा चाहिं अहिलेको अवस्थामा सबै कुरा गरिसकेपछि तत्कालै घटाउने अवस्था देखिंदैन । तर विस्तारै स्टेपवाइज रुपमा चरणहरु पार गर्दै डिपोजिटहरुको ब्याजदर घटाएर क्रमिक रुपमा घट्दै जाने अवस्था चाहीं हामीले देखेका छौं । र त्यसमा हामी पनि ब्याजदरलाई स्थिर अवस्थामा राम्रो अवस्थामा राख्नुपर्छ भन्ने कुरामा सजक छौं । हमी लागि राखेका छौं ।

आजको दिनमा इन्टायर बैंकिङ बिएफआर हेर्ने हो भने ५३ अर्व डिपोजिट उठाइराखेका छौं । कमर्सियल बैंकको मात्र ४७ सय अर्व हाराहारीमा डिपोजिट छ । डिपोजिट गर्नेको संख्या ४ करोड ७० लाख भन्दा बढी खाताहरु छन् । नेपालको बहुसंख्यक मानिसहरु बैंकिङ सिस्टमसम्म डिपोजिटरको रुपमा संलग्न हुनुहुन्छ । जुन जिडिपी भन्दा बढी हो । त्यो म्यानेज गरेर हिंडिराखेका छौं । त्यो हाम्रो लागि सबैभन्दा बढी महत्वपूर्ण कुरा हो र त्यो ४ करोड ७० लाख खातावाला मानिसहरु छन्, उनीहरु प्रतिको उत्तरदायित्व सबैभन्दा बढी छ । यो पैसा १८ लाख ऋणीहरुलाई दिएका छौं । १८ लाख एकातिर छ अर्कोतिर नेपालको जनसंख्या भन्दा बढी जोडिएका छौं भन्दाखेरी हाम्रो आजको बुझाइ चाहीं के हो भने हाललाई त्यो संख्याको बचतकर्ताले जम्मा गरेको डिपोजिटहरु छन् । त्यसमा सन्तुलित रुपमा अगाडी बढ्नुपर्ने जिम्मेवारी छ । एक वर्ष दुई वर्ष पाँच वर्ष मुद्दतीमा राखिएको बचतलाई सुरक्षित रुपमा फिर्ता गर्नुपर्ने दायित्व छ । हामी आज ६५० अर्व भन्दा बढिको पुँजी लिएर काम गरिराखेकाछौं । ५३ सय अर्व, ४७ सय अर्व पैसा चलाइराखेका छौं भन्दाखेरी त्यो त सबै जनताको पैसा हो । त्यसकारण हाम्रो अनुरोध डिपोजिटरको भन्दा ऋणको ब्याजदर बढी हुन्छ । ऋणीहरुले ब्याजदर चर्को भनेर आवाज चर्को बनाउँदा नेपालको बैंकिङ इण्डष्ट्रिजलाई अप्ठ्यारो पार्ने अवस्था छ । ४ करोड ७० लाख बचतकर्ताको भविष्यलाई अप्ठ्यारो पार्न मिल्दैन ।

कोविडको समस्यादेखि आजसम्म कुनै कारणले ५३ अर्व डिपोजिट राख्नेहरुको हरेक दिनको ब्याज भनेको समयमै दिइराखेका छौं । एकथरी मानिसहरुले ब्याज तिर्दैनौ भन्नु गल कुरा हो । जनताप्रति नै गम्भीर रुपमा दायित्व निभाइराखेका छैनौं भन्ने हो । यो कुरा सबैमाझ पुग्नु पर्यो । ऋणिप्रति पनि हाम्रो उत्तरदायित्व छ । हामीले ७० देखि ८० प्रतिशत लगानी गरेका छौं । बराबर जिम्मेवारी त हामीले पनि लिइराखेका छौं । हामी पनि त्यत्तिकै कन्सर्न छौं त्यो कुरामा । उहाँहरुको राम्रो हुनु पर्यो । हामीले मौद्रिक नीतिमा पनि कुरा राख्यौं साना साना ऋणीहरुको अवस्था कोविडदेखि कमजोर हुँदै आएकोले समस्या छ । उनीहरुलाई केही सहज बनाउने गरी नीति आएको छ ।

६५० अर्व जम्मा पुँजी छ । गएको छ महिनामा कम नाफा गर्यौं । ३० अर्व जति भएको छ । अव पनि एकदमै राम्रो गर्दा पनि ३० अर्व हुने हो । जम्मा ६० अर्व पुग्छ । ६० अर्वलाई ६५० ले भाग गर्ने हो भने हाम्रो आजको दिनमा प्रतिफल १० प्रतिशत भन्दा कम हुन जान्छ । अन्य केही बिजनेसको धेरै राम्रो मुनाफा वितरण भएको पाइन्छ । त्यो हामीले विरोध गरेको हैन । १० वर्ष यता बैंकिङ क्षेत्रको आरओई २४ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ । तुलना गरेर हेर्दा बैंकिङ अण्डर प्रेसरमा रहेर काम गरिराखेको छ ।

अर्को समस्या ननपर्फमिङ असेस्टको छ । जसको कारण भनेको ब्याजदरको कारण ३० प्रतिशत हुन्छ भने बाँकी ७० प्रतिशत कच्चा पदार्थ, तेलको मुल्य, ढुवानीका कारणले हुन्छ । कसैले राम्रो पनि गरिराखेका छन् । ब्याजदरको कारणले व्यवसायि मर्कामा छन् भन्ने जुन आरोप छ त्यो मात्र हैन । कोविडको कारणले बैंक प्रेसरमा छ । अहिले ठिक हुन खोजिसकेको थियो तर, बाह्य कारणले र आन्तरिक कारणले गर्दाखेरी यो अवस्था भएको हो । त्यसमा कसरी जाने भनेर काम गरिराखेका छौं । तर त्यो भनिराख्दा पनि आजको दिनमा हेर्ने हो भने एनपिए प्रतिशत हेर्ने हो भने २.२४ छ । सार्क राष्ट्रको सबैभन्दा कम हो । समग्रमा बैंकिङ इण्डष्ट्रि राम्रै पर्फम गरिराखेका छौं । स्ट्रङ छ, सलिड नै छ । धेरै आत्तिनुपर्ने केही पनि कुरा छैन । तर अहिले भैराखेका परिस्थितिहरुले अलिकति कता कता डिस्करेज गरिराको, हाम्रो योगदानलाई बाह्यरुपमा बुझाउन नसकेको देखिन्छ । अहिले विरोधका लागि विरोध मात्र भएजस्तो देखिन्छ । सडकबाट ब्याजदर घटाउन खोजिँदा त्यसले राम्रो गर्दैन । सबैले बुझ्नु पर्छ ।

एनएमबी बैंकको सिइओ समेत रहनुभएका नेपाल बैंकर संघका अध्यक्ष  सुनिल केसीद्वारा पत्रकार भेटमा व्यक्त विचारको सम्पादित अंश ।

वि.सं.२०७९ फागुन ६ शनिवार १८:२० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...