back
NMB ad

मर्जर प्रस्तावलाई अन्तिम स्वीकृती दिन यी दुई लघुवित्तले बोलाए साधारण सभा

Kumari bank ad

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्तावलाई अन्तिम स्वीकृती दिन डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तले साधारण सभा बोलाएका छन्। यी दुबै लघुवित्तले फागुन ३० गते साधारण सभा बोलाएका हुन्।

डिप्रोक्स लघुवित्तको एक्काइसौँ वार्षिक साधारण सभा होटल सेभेन स्टार प्रा.लि., सौराहा, चितवनमा बिहान ११ बजे शुरु हुनेछ। त्यसैगरी, आदर्श लघुवित्तको पाँचौ वार्षिक साधारण सभा गौतम भिलेज रिर्सोट, सिनागल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरु हुनेछ।

यी दुबैको सभाले डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ः१ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने, प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्राप्तिपश्चात डिप्रोक्स लघुवित्तको नामबाट एकिकृत कारोबार गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।

यसका साथै डिप्रोक्सको सभाले १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ११.०५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

त्यसैगरी, आदर्श लघुवित्तको सभाले २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांंश वितरण गर्ने, साधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ डिप्रोक्स लघुवित्तले फागुन १९ गते बुकक्लोज गर्ने भएको छ भने आदर्श लघुवित्तले फागुन १६ गते बुकक्लोज गर्ने भएको छ।

अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तहरुका साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

वि.सं.२०७९ फागुन ९ मंगलवार १०:२२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...