काठमाडौं । बिहीबार पनि सेयर बजार पहिरो गएको छ । उक्त दिन सेयर बजार ५७.७४ अंकले घटेको हो ।
उक्त दिन नेप्से परिसुचक २०२२.७४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्ने निर्णय गरेसँगै लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । आज ३ दर्जन भन्दा बढी लघुवित्तहरुको शेयरसेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।
वि.सं.२०७९ फागुन ११ बिहीवार १५:२४ मा प्रकाशित