काठमाडौं । बिहीबार पनि सेयर बजार पहिरो गएको छ । उक्त दिन सेयर बजार ५७.७४ अंकले घटेको हो ।
उक्त दिन नेप्से परिसुचक २०२२.७४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
उक्त दिन सबैभन्दा बढी छिमेक लघुवित्तको कारोबार भएको छ । आज कम्पनीको ८ करोड ७० लाख ७३ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआइसी एशिया बैंकको ७ करोड ९६ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन हिमालयन डिस्टीलरीको ७ करोड २१ लाख ८९ हजार रुपैयाँ, साना किसान विकास लघुवित्तको ६ करोड ६ लाख ८७ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६ करोड २८ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०७९ फागुन ११ बिहीवार १५:१४ मा प्रकाशित