काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश वितरण गरेको छ ।
कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
सभाबाट पारित सोही २० प्रतिशत नगद लाभांश (कर कट्टी गरेर) माघ २३ गतेदेखि नै हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । त्यसपछि मात्र लाभांश पाइनेछ ।
वि.सं.२०७९ फागुन १२ शुक्रवार १०:०४ मा प्रकाशित