काठमाडौं । स्वाभिमान लघुवित्त वित्तिय संस्थाले संचालक नियुक्त गरेको छ । संस्थाको फागुन ११ गते बसेको बैठकले संस्थापक सेयरधनी प्राइम कमर्सियल बैंकको तर्फबाट कुश सुदन सिंहलाई संचालकमा नियुक्त गरेको हो ।
साथै, सर्वसाधारण सेयरधनीको तर्फबाट अभिषेक श्रेष्ठलाई रिक्त रहेको संचालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ फागुन १२ शुक्रवार १०:१६ मा प्रकाशित