काठमाडौं । कालिन्चोक दर्शनले सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
कालिन्चोक दर्शनको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।
कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।
वि.सं.२०७९ फागुन १२ शुक्रवार १०:२३ मा प्रकाशित