काठमाडौँ । प्रभु बैंकले आजदेखि संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ४६ लाख ७४ हजार ३९६ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
बैंकले संस्थापक सेयरको मूल्य प्रतिकित्ता १२३ रुपैयाँ राखेको छ । प्रभुको संस्थापक सेयर लिलामी प्रक्रियामा कम्पनीका संस्थापक सेयर धनीसहित इच्छुक लगानीकर्ता संस्थाले बोलपत्र पेश गर्न पाउँछन् ।
कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ता संस्थाले फागुन २६ गतेसम्म आवेदन दिनुपर्ने छ । सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
वि.सं.२०७९ फागुन १२ शुक्रवार १०:५० मा प्रकाशित