काठमाडौं । शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएको छ । उक्त दिन सुनको भाउ १०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन आज छापावाल सुन प्रतितोला १ लाख २४०० रुपैयाँ र तेजावी सुन १ लाख १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १० रुपैंयाले घटेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ फागुन १२ शुक्रवार १०:३९ मा प्रकाशित