back

बागमती प्रदेशका आपूर्ति निर्देशकलाई २५ करोड भ्रष्टाचारको आरोपसहित उजुरी

Nepal Bank

हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा भ्रष्टाचारको उजुरी परेको छ । सापकोटाले २५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप आरोपपत्रमा उल्लेख गरिएको छ ।

काठमाडौँ, टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुगेर सापकोटाबाट पीडित स्वास्थ्य व्यवसायीहरुले उजुरी दर्ता गराएका हुन् ।

सापकोटाले विकास सर्जिकलबाट लिक्विड वास्टमा ४ करोड रुपैयाँ दुरुपयोग गरेको आरोप लागेको छ । यस्तै, हेमोडायलासिस मेसिन खरिदमा ३ करोड, सञ्जीवनी सप्लायर्ससँग युएसजी खरिदमा २ करोड, वेब टे«डिङ सप्लायर्सबाट वास्ट मेसिन खरिदमा २ करोड रुपैयाँ दुरुपयोग गरेको स्वास्थ्य व्यवसायीको आरोप छ ।

सापकोटाले औषधि व्यवसायी मकुन्द गौतमको विभिन्न कम्पनीबाट औषधिजन्य खरिदमा मिलोमतो गरेर ५ करोड दुरुपयोग गर्नुका साथै आयुर्वेद औषधीमा ४० लाख र छपाई, स्टेशनरी सामान खरिदमै ८० लाख रुपैयाा दुरुपयोग गरेको व्यवसायीले अख्तियारमा गरेको उजुरीमा उल्लेख छ ।

सापकोटाले सिटी स्क्यानमा २ करोड, निजी अस्पताल स्तरउन्नतिकाा नाममा ३ करोड रकम दुरुपयोग गरेको बताइएको छ ।

यस्तै, एम्बुलेन्स तथ पिकअप गाडी खरिदमा पनि १ करोड दुरुपयोग गर्दै २५ करोड रुपयाँ हिनामिना गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।

यसका साथै, सापकोटाले पत्नी र छोराका लागि प्रदेश ३–०१–२२ च ५४९६ र ८६०७ नम्बरको गाडी प्रयोग गरेको आरोप लगाइएको छ । आपूर्ति व्यवस्थापनमा कमाएको रकमले नै रोजभिल्लामा ५ करोड रुपैयाँ बराबरको घर लिएको तथा भ्रष्टाचार बढी गरेर कमाएको रकम सनराइज र राष्ट्रिय वाणिज्य वैंकमा बचत गरेको बताइएको छ ।

४५ हजार तलब खाने कर्मचारीको अकुत सम्पत्तिको छानबिन गर्न माग गर्दै हरेक काममा कमिसन मागेर हैरान पारेपछि व्यवसायी अख्तियार पुगेको एक व्यवसायीले बताए ।

वि.सं.२०७९ फागुन १५ सोमवार १७:४१ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...