back
NMB ad

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको भाउ १३ पैसाले वृद्धि भएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। यसअघि सोमबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७१ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४० रूपैयाँ ३२ पैसा तोकिएको छ ।  यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसा घटेको हो। सोमबार युरोको खरिदमूल्य १३९ रूपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रूपैयाँ ९८ पैसा कायम गरिएको थियो।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रूपैयाँ २२ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा ४ पैसाले घटेको छ । सोमबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको मंगलबारको खरिदमूल्य १५८ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ १६ पैसा तोकिएको छ। सोमबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५७ रूपैयाँ ८२ पैसा र बिक्रीमूल्य १५८ रूपैयाँ ५४ पैसा तोकिएको थियो ।

मंगलबार क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ९७ रूपैयाँ ७१ पैसामा कारोबार भइरहेको छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा कायम गरेको छ भने मंगलबार साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा तोकिएको छ ।

उता, मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ५३ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ६६ पैसा तोकिएको छ भने सोमबार भने साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर भएको थियो ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३५ पैसा तोकिएको छ।

वि.सं.२०७९ फागुन १६ मंगलवार ०९:४४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...