काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सेयर मूल्य बढेको छ ।
मंगलबार कम्पनीको सेयर मूल्य २.०६ प्रतिशत अर्थात प्रतिकित्ता ४ रुपैंया ६० पैसाले बढेर २२७ रुपैंया ४० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको ३ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको १ लाख ६६ हजार १४० कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ फागुन १६ मंगलवार १५:२८ मा प्रकाशित