back
NMB ad

सिद्धार्थ उद्योग वाणिज्य संघ : २८ पदकाे लागि ४६ जनाकाे उम्मेदवारी

Kumari bank ad

भैरहवा । आगामी २० फागुनमा हुने सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि ४६ जनाले उम्मेदवारी दिएका छन । संघकाे ६४ औ वार्षिक साधारणसभा तथा अधिवेशनबाट २८ पदका लागि ४६ जना उद्योगी व्यवसायीले उम्मेदवारी दिएका हुन् । ११ फागुनदेखि सुरु भएकाे निर्वाचन कार्यक्रमअन्तर्गत अध्यक्ष पदमा २ जनाले मनाेनयन पत्र दाखिला गरी दर्ता  गरेका छ्न । वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ र महासचिव विजय पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचनमा हाेमिएका छन् ।  नयाँ नेतृत्वका लागि दुईवटा प्यानलको उम्मेदवारी दर्ता भएको छ ।

वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य  र अरुण गाेयन्का, वाणिज्य उपाध्यक्षमा गाेविन्द ज्ञवाली र रवि कुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा हरिबहादुर थापा र दिलीप कुमार कान्दु,कर्पाेरेट उपाध्यक्षमा राेहितकुमार अग्रवालकाे उम्मेदवारी परेकाे प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गाैडेलले जानकारी दिए ।  ।

महासचिवमा कृष्णप्रसाद घिमिरे र गाेपाल भण्डारी, काेषाध्यक्षमा गंगासागर अग्रहरी, कमल प्रसाद मरासिनी र गाैरब श्रेष्ठ,  सचिवमा  धर्मबिर शर्मा र मंगल भण्डारी सह काेषाध्यक्षमा संजय कुमार बेरिवालकाे उम्मेदवारी परेकाे छ । कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र  विकास कुमार गोयनका,  बस्तुगत सदस्यमा चन्द्र प्रकाश श्रेष्ठ र  प्रितम रौनीयार,  वाणिज्य सदस्य महिला तर्फ यमकला न्यौपाने, उद्योग सदस्य महिला तर्फ पल्लवी न्यौपानेले उम्मेदवारी दिएकी छन् ।

यस्तै खुला उद्योग सदस्यमा ५ पदकाे लागि रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल,  रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमा शंकर मिश्र र भुवन कुमार कान्दुकाे उम्मेदवार छ ।  खुला वाणिज्य सदस्य तर्फ १० पदका लागि अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी,  दिनेशमान अमात्य, रमेश कानु, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकी प्रसाद तेली र विजय अधिकारीकाे उम्मेदवारी परेकाे निर्वाचन अधिकृत गाैडेलले जानकारी दिए ।

रूपन्देही जिल्ला कार्यक्षेत्र रहेकाे संघमा २ हजार २ सय २८ सदस्य रहेका छन भने यस पटका २ हजार १ सय ९३ जनालाइ मात्रै मताधिकार रहेकाे छ । ।

वि.सं.२०७९ फागुन १८ बिहीवार १०:५४ मा प्रकाशित

You can share this post!

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...