back
NMB ad

राष्ट्रिय प्रसारण लाइनले छोएन मुगुलाई, ६१ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर

Kumari bank ad

खड्क सुनार, मुगु ।  विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका केही जिल्लासहित मुगुवासी अँध्यारोमा नै रात कटाउन बाध्य छन् । आगामी २ वर्षमा देशका सबै घरधुरीमा विजुली पु¥याउने सरकारको लक्ष्य छ ।

अहिले वैकल्पिक ऊर्जासहित ९४ प्रतिशत जनसंखया विजुलीको पहुँचमा छ । २०७८ सालको जनगणनाअनुसार ६६ हजार ६ सय ५८ जनसंख्या रहेको मुगुमा अहिलेसम्म  करिब ६१ प्रतिशत अर्थात् ४० हजार मुगुका नागरिक विद्युतको पहुँचभन्दा बाहिर रहेको पाइएको हो ।

मुगुमा ४० हजार ३०० अर्थात् ६१ नागरिक अहिले पनि टुक्कीकै भरमा रात कटाउन बाध्य रहेको तथ्याङ्कले देखाएको छ । जसमा मुगुमा २६ हजार ३००  जना अर्थात् ३९ प्रतिशत नागरिक विद्युतको पहुँचमा रहेको बताइएको छ । विद्युत् उत्पादनको क्षमता र सम्भावना रहेको मुगुमा पर्याप्त लगानी नहुँदा नागरिक बत्तीबिना अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिकहरुले बताएका छन् ।

मुगुका चारवटा स्थानीय तहका ४५ वडामध्ये करिब ९ वटा वडामा मात्र विद्युतको पहुँच पुगेको पाइन्छ । विशेष गरेर छायाँनाथ रारा नगरपालिकाका करिब २६ हजार जनसंख्या रहेको नगरपालिकामा १४ वटा वडा मध्ये वडा नं १०, ११, १२, र १४ वडामा हालसम्म विद्युतको पहुँचमा रहेका छैनन ।

बाँकी १० वटा वडा र करिब १९ हजार जनसंख्या विद्युतको पहुँचमा रहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए । यस्तै ९ वडा रहेको मुगूम कार्मारोङ्ग गाउँपालिकाको वडा नं ७ र ८ मा विद्युत् पुगेको छैन भने १ नं वडामा आधा मात्र विद्युतको पहुँचमा रहेको छ ।

उक्त पालिकामा जम्मा ७ हजार जनसंख्या रहेकामा ५ हजार नागरिक विद्युतको पहुँचमा रहेको मुगूम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।  यस्तै सोरु गाउँपालिकामा ११ वडा रहेको उक्त पालिकामा नेर गाउँमा मात्र विद्युत् रहेको छ भने जम्मा ३०० जना नागरिक मात्र विद्युतको पहुँचमा रहेको जनाइएको छ ।

खत्याड गाउँपालिकामा २६ हजार जनसंख्या रहेको र ११ वटा वडा रहेको सो पालिकामा रिखिँया र सेरीमा मात्र विद्युतको पहुँचमा छन् भने २३ हजार जनसंख्या अझै विद्युतको पहुँचभन्दा बाहिर रहेको खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए ।

राष्ट्रिय प्रसारण लाइनले छोएन

कर्णालीका मुगु, हुम्ला र डोल्पामा हालसम्म राष्ट्रिय प्रसारण लाइनले छोएको छैन । कुलमान नेतृत्वको विद्युत् प्राधिकरणले माथिल्लो कर्णालीलाई राहत हुन्छ सोचेका कर्णालीवासीले उनको बर्हिगमनपछि राष्ट्रिय लाइन आउने आशा नै मारिसकेको नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले जानकारी दिए ।

विद्युत् उत्पादनका स्रोत पर्याप्त हुँदा पनि अँध्यारोमा रात कटाई रहेका माथिल्लो कर्णाली बासिका बालबालिका, महिला, ज्येष्ठनागरिकका पिडाले केन्द्र सरकारलाई छुन नसकेको उनको तर्क छ ।

वि.सं.२०७९ फागुन १८ बिहीवार १३:१९ मा प्रकाशित

You can share this post!

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:२७

काठमाडौँ, ३० वैशाख : आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ...

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:०३

काठमाडौँ, ३० वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ...

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...