back
NMB ad

गुजरा नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

Kumari bank ad

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा यही फागुन १७ गते मधेश प्रदेशको रौतहट जिल्लाको गुजरा नगरपालिकासँग बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गुजरा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि गुजरा नगरपालिकाका उपप्रमुख रत्न लामाले नागरिकका जीवन र सम्पत्ति, कृषिबाली तथा पशुपन्छीको बीमा गराई आर्थिक सुरक्षण गर्नका लागि ठोस निर्णय गरी नगरपालिका अगाडि बढ्ने बताउनुभयो ।

उपप्रमुख लामाले घटना कतिबेला भई के कस्तो हानी नोक्सानी हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा नहुने भएकाले घटनाबाट हुने क्षतिको क्षतिपूर्ति बीमा कम्पनीहरूबाट पाउनका लागि सबैले बीमा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी प्रस्तुती गर्नुहुँदै नगरपालिकाका सेवासँग आवद्ध गरेर घरको बीमालाई अनिवार्य गर्न नगरपालिकासँग आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बीमा गर्नका लागि कागजी प्रक्रिया झन्झटिलो रहेको, बीमा कम्पनीहरू बीमा गर्न गाउँ गाउँमा नआएको, कुन कुन वस्तुको बीमा हुन्छ भन्ने थाहा नभएको लगायतका धारणा राख्नुभएको थियो ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले संचालन गर्नुभएको कार्यक्रममा गुजरा नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, बीमा, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधिहरू, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता, प्राविधिक, अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ फागुन १८ बिहीवार १३:२६ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...