back
NMB ad

बैंकमा तरलता सहज हुन सकेन : एक बैंकको सीडी रेसियो ९० प्रतिशत, हेर्नुहोस् कुनको कति ?

Kumari bank ad

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको नजिक रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस मसान्तसम्मको विवरण अनुसार एक बैंकको सीडी रेसियो ९० प्रतिशत कटेको छ भने अरु बैंकको सीडी रेसियो ९० प्रतिशत नजिक रहेको छ ।

चालू आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडिदेखि नै तरलताको अभाव झेल्दै आएका बैंकहरुमा अझै पनि तरलता सहज हुन सकेको छैन । राष्ट्र बैंकले तरलताको अवस्थामा सुधार आएको बताएको भए पनि बैंकहरुले भने सहज रुपमा ऋण उपलब्ध गराउन नसकेको अवस्था छ ।

राष्ट्र बैंकको तथ्याङक अनुसार पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप प्रयाप्त मात्रामा बढ्न सकेको छैन । पुसमसान्तको राष्ट्र बैंकको तथ्याङक अनुसार कुमारी बैंकको सीडी रेसियो ९०.७ प्रतिशत पुगेको छ । यो अवधिमा स्टयान्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो सबैभन्दा कम ७८.७३ प्रतिशत रहेको छ । पुसमसान्तसम्म ९ वटा बैंकको सीडी रेसियो ८५ प्रतिशत भित्र रहेको छ । त्यस्तै २ वटा बैंकको ८६ प्रतिशत भित्र रहेको छ भने ७ वटा बैंकको ८९ भित्र रहेको छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार नबिल बैंकको सीडी रेसियो ८९.३६ रहेको छ । ग्लोबल आइएमई बैंकको सीडी रेसियो ८९.४१ प्रतिशत रहेको छ । त्यस्तै प्राइमको सीडी रेसियो ८८.८८ प्रतिशत, लक्ष्मी बैंकको सीडी रेसियो ८७.८७ प्रतिशत, कृषि विकासको सीडी रेसियो ८७.५ प्रतिशत, सिटिजन्स बैंकको सीडी रेसियो ८७.४७ प्रतिशत, सनराइज बैंकको सीडी रेसियो ८७.२७ प्रतिशत, एनएमबी बैंकको सीडी रेसियो ८७.२४ प्रतिशत र हिमालयन बैंकको सीडी रेसियो ८७.११ प्रतिशत रहेको छ ।

यस्तै एभरेष्ट बैंकको सीडी रेसियो ८६.९८, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सीडी रेसियो ८६.९८, प्रभु बैंककोसीडी रेसियो ८५.८३, सिभिल बैंकको सीडी रेसियो ८५.६८, माछापुच्छ्रे बैंकको सीडी रेसियो ८५.०२, सिद्धार्थ बैंकको सीडी रेसियो ८४.१६, एनआईसी एशिया बैंकको सीडी रेसियो ८४.११, नेपाल एसबीआई बैंकको सीडी रेसियो ८४.०२, सानिमा बैंकको सीडी रेसियो ८३.०९, नेपाल बैंकको सीडी रेसियो ८२.९१ र राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ८१.५९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

वि.सं.२०७९ फागुन १८ बिहीवार १६:५४ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:१५

काठमाडौँ, १४ जेठ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा...

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:०५

मनहरी (मकवानपुर), १४ जेठः आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्...

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ १४ सोमवार १३:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...