काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । उक्त दिन सुनको भाउ १०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन छापावाल सुन प्रतितोला १ लाख २५०० रुपैयाँ र तेजावी सुन १ लाख २००० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला ५ रुपैंयाले घटेर १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार पनि छापावाल सुन प्रतितोला १ लाख २६०० रुपैयाँ र तेजावी सुन १ लाख २१०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७९ फागुन १९ शुक्रवार १०:३९ मा प्रकाशित