back
NMB Ad

महोत्तरीका किसानहरू दूधमा आत्मनिर्भर बन्दै

Royal Enfield Inside Page Banner

विशाल बस्नेत, महोत्तरी ।  ‘दूध बेचेर नै मासिक १२ हजार रुपैयाँसम्म कमाउने गरेको छु । यदि दूध बेच्न पाइएन भने त घरायसी खर्चमा समस्या बनिहाल्थ्यो नि,’ यो भनाइ महोत्तरी बर्दिबासका किसान द्रोणबहादुर खडकाको हो ।

बिहान सबेरै उठेर खड्का गौरीडाँडा र बर्दिबास सहरमा पुगेर दूध बेच्ने गर्दछन् । बिहान दूध बेच्न जाने उनीमात्र एक्ला किसान होइनन् । उनीजस्तै गाउँका अन्य धेरै किसानहरु हुन्छन । जसले दूध बेचेर नै आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।

किसानका घर–घरमा नै पुगेर दुध लिने व्यक्ति पनि छन् । तर,  धेरैजसो किसानहरु भने दुध आफैँ बजारसम्म पु¥याउने गर्छन्  । जो आफैँले दूध बजारसम्म पु¥याउँछन्, उनीहरुले घरमै आएका दूध संकलकले दिनेभन्दा प्रतिलिटरमा ३० रुपैयाँ बढी पाउँछन् । ‘आफँै जाँदा विचौलियामा परिँदैन, पैसा पनि बढी पाइन्छ,’ खड्काले भने ।

महोत्तरी ८० प्रतिशत भू–भाग ग्रामिण क्षेत्रले ओगटेको छ । दिनहूँ बढ्दै गएको सहरीकरणले किसानहरुको बजार थप सुनिश्चित बन्दै गएको छ । एउटा भैंसी पाल्ने किसानले मासिक १४ हजारसम्म कमाउँछन् । जसकारण खेतीपातीमा भन्दा बढी किसानको आकर्षण भैंसीपालनमा देखिने डेरी व्यवसायी विजय यादव बताउँछन । ‘म दूध लिन किसानको घर–घरमा नै पुग्ने गरेको छु । किसानहरुको घरमा कमसेकम दुईवटा भैंसी पालेको देखिन्छ,’ उनले भने ।

बर्दिबास नगरपालिकाका पूर्वप्रमुख बिदुरकुमार कार्की पनि भैंसीपालनमा नै लागेका छन् । ‘बजारमा दूधको माग बढ्दै गएपछि भैसीपालन गर्न थालेँ,’ उनले भने, ‘उन्नत जातको भैसी पालेर दूध बेच्ने गरेको छु ।’

यहाँका किसानले एक वर्षमा २ करोड १९ लाख लिटर दूध उत्पादन गर्छन् । तर, बजारको माग धान्न सकेका छैनन् ।

जिल्ला कृषि कार्यालय महोत्तरीका अनुसार दुधमा आत्मनिर्भर बन्न एक जना किसानले दैनिक ९० लिटर दूध उत्पादन गर्नुपर्छ । तर, किसानहरुले ७० लिटर मात्र दूध उत्पादन गर्दै आएका छन् ।

वि.सं.२०७९ फागुन १९ शुक्रवार १३:३१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु   

पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु   

वि.सं.२०८१ माघ २१ सोमवार १९:३५

 काठमाडौँ : ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका...

भोली प्रदेशभर सार्वजनिक बिदा (सूचनासहित)

भोली प्रदेशभर सार्वजनिक बिदा (सूचनासहित)

वि.सं.२०८१ माघ २१ सोमवार १९:२९

पोखरा । गण्डकी प्रदेश सरकारले भोली माघ २२ गते प्रदेशभर...

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा कति पर्यो आवेदन ?

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८१ माघ २१ सोमवार १७:५१

काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा पहिलो दिनमै माग भन्दा...

चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक: बिग ह्याच विथ फाइभ स्टार लक्जरी

चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक: बिग ह्याच विथ फाइभ स्टार लक्जरी

वि.सं.२०८१ माघ २१ सोमवार १७:३७

चितवन : नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले बागमती...

लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ माघ २१ सोमवार १७:२०

काठमाडौं । नेपालकै पहिलो र एकमात्र शतप्रतिशत भिट्रिफाइड टाईल्स्, लामिनार...

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

वि.सं.२०८१ माघ २१ सोमवार १७:०२

काठमाडौं । मिति २०८१ पौष २० गते काठमाडौमा नाडाले आफनो...