
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ६ लाख बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार दिउँसो १ः३३ बजेसम्ममा ६ लाख २२ हजार ७२० जना आवेदकबाट ६९ करोड ३६ लाख ३ हजार रुपैयाँ बराबरको ६९ लाख ३६ हजार ३० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता शेयरको ८५.६८ गुणा बढी हुन आउँछ ।
कम्पनीले फागुन १८ गतेदेखि आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको हो ।
जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्काशन हुनेछ । यसमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
यस्तै, जारी पुँजीको १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्तामा सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
वि.सं.२०७९ फागुन १९ शुक्रवार १५:०७ मा प्रकाशित