back
NMB ad

आयुर्वेद क्याम्पसका विएएमएस ईन्टर्नसीप डाक्टरहरु १८ दिनदेखि आन्दोलनमा

Kumari bank ad

काठमाडौं । आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल किर्तिपुरका विएएमएस तहका ईन्टर्नसीप डाक्टरहरु एकशुत्रीय माग राख्दै १८ दिनदेखि आन्दोलनमा रहेका छन् । भर्ना हुँदा सेलेबसमा उल्लेख भएका अस्पतालमा निर्धारित समयसम्मै इन्र्टन गर्न पाउनुपर्ने माग राखी आन्दोलित भएका हुन् ।

धर्नालेमात्रै आफूहरुको माग सुनुवाइ नभएको भन्दै उनीहरुले विगत ८ दिनदेखि क्याम्पस तालाबन्दीसमेत गरेका छन् । आन्दोलनरत विद्यार्थीहरुले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेका विएएमएस ईन्टर्न डा. शुनिल भुसालले आफूहरुलाई महिनामा एक जान पनि विरामी नआउने अस्पतालमा इन्र्टनका लागि पठाइएकाले आन्दोलनमा उत्रिनु परेको बताए । चिकित्सा विज्ञान प्रतिष्ठानले निर्धारण गरेको न्यूनतम् मापदण्डको ५० प्रतिशत पनि पुरा नभएको क्याम्पसमा आफूहरुलाई इन्र्टनमा पठाइँदा उत्पादीत जनशक्तिको गुणस्तरमासमेत प्रश्न उठ्ने अवस्था आएको उनले बताए ।

‘हामीलाई प्रदान गरिएको सेलेबसअनुसार छ महिनाको इन्टर्नसीप नरदेवीमा र छ महिनाको इन्टर्नसीप आयुर्वेद शिक्षण अस्पतालमा भनिएको थियो । सोहीअनुसार हामीले पाउनु पर्छ भनेर माग गरेका थियौं । तर, हामीलाई सेलेबसमा उल्लेख गरिएअनुसार इन्टर्नमा पठाइएन । हामीले किन सेलेबसको अनुसार भएन भनेर प्रश्न गर्यौं । कहीबाट पनि उत्तर पाएनौं । हामी तालाबन्दी र धर्नामा छौं । हाम्रो माग कतैबाट पनि सुनिएन,’– भुसालले भने ।

आयुर्वेद जगतमा बेथितिहरु भएपनि मिडियालेसमेत यस विषयमा बोल्न नचाहेको भन्दै उनले गुनासो पोखे ।

‘स्वास्थ्य क्षेत्रमा मिडियाको सरोकार छैन ? पोलिटिकल कन्टेन मात्रै उहाँहरुलाई चाहिएको हो ? चिकित्सा विधामा यस्ता अन्याय हुँदा सोच्नुपर्ने अवस्था छैन ?’– उनले प्रश्न गरे ।
आन्दोलन आफूहरुको बाध्यता भएको उनले बताए । बाध्य भएर तालाबन्दी र धर्नामा आउनु परेको उनको दाबी छ ।

आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल किर्तिपुरका निमित्त क्याम्पस प्रमुख डा. देवबहादुर रोकाले विद्यार्थीको माग ठीक रहेको बताए । पत्रकार सम्मेलनमा उपस्थित भएका रोकाले भने– ‘उहाँहरुको माग ठीकजस्तो लाग्यो । मेरो पालामा पनि इन्टर्नसीप गर्दा छ महिना किर्तिपुरमा भएको आयुर्वेद शिक्षण अस्पताल र छ महिना नरदेवीको पुरानो अस्पतालमा इन्टर्नसीप गराएर डिग्री दिने चलन थियो ।

अहिले पछि आएर नरदेवी अस्पतालको प्रशासनसँग क्याम्पस प्रसशानको के कुरा मिलेन ? त्यसो भएर त्यो डियुटीमा पठाउन नरदेवी अस्पतालको डाइरेक्टर मान्नु भएन । नमानेपछि यो इन्टर्नसीप कहाँ गर्ने भन्ने प्रश्न उठेको हो ।’

यो मुद्दाको समाधानका लागि क्याम्पस प्रमुख जिम्मेवार हुनुपर्ने उनले बताए । नरदेवी अस्पतालको डाइरेक्टरले नमानेमा माथिल्लो निकायलाई अनुरोध गरेर विद्यार्थीको इन्टर्नसीप पुरा गराउनुपर्ने उनको बुझाइ छ ।

वि.सं.२०७९ फागुन १९ शुक्रवार १५:२३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...