काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ।
जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ। वैशाख २६ गते मंगलबारदेखि जेठ ५ गते शुक्रबारसम्म चल्नेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।
वि.सं.२०७९ फागुन २१ आइतवार १७:१४ मा प्रकाशित