back
NMB ad

औद्योगिक ग्राम निर्माण सुस्त

Kumari bank ad

हेमन्त केसी

सुर्खेत । कर्णालीमा औद्योगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ । संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लिन नसकेको हो ।

सुर्खेतका चार तथा कालिकोट र जाजरकोटका एक–एक पालिकामा औद्योगिक ग्राम निर्माणको घोषणा गरिएको थियो । सुर्खेतको पञ्चपुरी नगरपालिकामा २०७६, भेरीगंगा, चौकुने र गुर्भाकोट नगरपालिका, जाजरकोटको शिवालय गाउँपालिकामा २०७७ सालमा तथा कालिकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम निर्माणका लागि २०७८ सालमा घोषणा गरिएको थियो ।

भेरीगंगाको रामघाटस्थित २० विगाह क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि स्थान तोकिएको छ । उक्त क्षेत्रमा हालसम्म घेरबारको काममात्रै भएको छ । गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको रकमले घेरबार गरिएको र यस वर्ष संघीय सरकारसँग बजेट माग गरे पनि आइनसकेको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए ।

यस्तै पञ्चपुरी नगरपालिकाको वडा नं ६ र ८ को बीचमा पर्ने दुलालथाईमा औद्योगिक ग्राम निर्माणका लागि पाँच सय रोपनी जग्गा छुट्याइएको छ । उक्त क्षेत्रमा हालसम्म कार्यालयका लागि चारकोठे भवन, चमेना गृह, शौचालय निर्माण भएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले जानकारी दिए । सडक, घेरबारलगायतका काम बाँकी रहेको नगरप्रमुख भण्डारीको भनाइ छ ।

चौकुने गाउँपालिकाको वडा नं  ५ स्थित मायाताल औद्योगिक ग्राम निर्माण थालिएको छ । १० बिघा जग्गा छुट्याएर औद्योगिक ग्राम निर्माण थालिए पनि हालसम्म घेराबार, शौचालय र एक वटा कार्यालय भवनमात्रै निर्माण भएको छ । अघिल्लो वर्ष आएको बजेटले भवन र शौचालय निर्माणको काम भए पनि रकम अभावमा अन्य काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी बताए ।

पर्याप्त बजेट नहुँदा औद्योगिक ग्राम निर्माणमा समस्या भएको अध्यक्ष विकको भनाइ छ । उद्योग सञ्चालनका लागि पानी, विद्युतजस्ता पूर्वाधारको तत्काल आवश्यता रहेको उनले बताए । जाजरकोटको शिवालय गाउँपालिकाले वडा नं‍. ४ मा औद्योगिक ग्रामका लागि ४८ रोपनी जग्गा छुट्याएको छ । औद्योगिक ग्राम निर्माणकार्य भने सुस्त छ ।

चालू आर्थिक वर्षका लागि बजेट आएको छैन । बजेट नआउँदा समयमै निर्माण हुन नसकेको गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाही बताउँछन् । कालिकोटको शुभकालिका गाउँपालिकाले पनि वडा नं. ४ राराकाटियाँ भन्ने ठाउँमा जग्गा छनोट गरेको छ । गत आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भए पनि काम भने सुरु हुन सकेको छैन ।

निर्माण सुरु गर्नका लागि ठेकेदार कम्पनीसँंग छलफल गरेको र चाँडै सुरु हुने शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । “गत वर्ष आएको बजेटले पूर्वाधार निर्माण गर्नका लागि ठेक्का सम्झौता भएको छ,” उनले भने, “ठेकेदारले निर्माण सुरु नगर्दा ढिलो भएको छ हामीले पटकपटक काम सुरु गर्न भनेका छौं अब चाँडै सुरु हुन्छ ।”

कर्णाली प्रदेश सरकारले पनि औद्योगिक ग्राम निर्माणमा साझेदारीका लागि बजेट छुट्याउने गरेको छ । कार्यान्वयन नहुँदा वर्षेनी बजेट फ्रिज हुने गरेको छ । चालू आर्थिक वर्षमा पनि औद्योगिक ग्रामका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयका आधारमा उक्त रकम खर्च हुने मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७९ फागुन २२ सोमवार १०:५१ मा प्रकाशित

You can share this post!

चालु आर्थिक वर्षको  दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको  दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...