back
NMB ad

रसुवाको हिमाली भेगमा बढे पर्यटक, ७ महिनामा एक करोड ८० लाख बढी राजस्व संकलन

Kumari bank ad

रसुवा । रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ।

हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र आगमन हुने धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डका साथै लाङटाङ्स्थित क्याङ्जेन, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ र नाकथलीलगायत क्षेत्रमा पछिल्लो समय बाक्लो संख्यामा आन्तरिक पर्यटकको पनि आगमन हुन थालेको हो।

रसुवास्थित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकअनुसार गत साउनदेखि हालसम्म १२ हजार छसय ८० आन्तरिक पर्यटकको आगमन भइसकेको र पछिल्लो समय दैनिक २० भन्दाबढी पर्यटकको आगमन भइरहेको छ।

हिमाली क्षेत्रमा पुगेका विदेशी पर्यटकका लागि खान र बस्न सुविधा पुर्‍याउने उद्देश्यका साथ विसं २०३५ देखि लाङ्टाङको क्याङ्जेनबाट सुरू गरिएको होटल व्यवसाय अहिले पैदलमार्गका विभिन्न स्थानमा सञ्चालनमा छन्। पहिलो पर्यटन व्यवसायी स्व रेञ्जेन दोर्जे तामाङ ज्याङ्वाले चौँरी गोठबाट होटल तथा लज सुरू गरेका स्थानीय लाङ्टाङवासीले बताए।

गत साउनदेखि माघ मसान्तसम्म सार्क राष्ट्रका दुईसय ४५ एवं अन्य देशका चार हजार सातसय पाँच जनासमेत गरी चार हजार नौसय ५० जनाले निकुञ्जको हिमाली क्षेत्रमा भ्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए। उनका अनुसार निकुञ्ज क्षेत्रमा पर्यटकको प्रवेश शुल्कका साथै अन्य गतिविधिबाट कुल एक करोड ८० लाख २० हजार छसय ६४ रूपैयाँ आय भएको छ।

गत आवमा एक करोड ७५ लाख २३ हजार छसय रूपैयाँ १४ संकलन गरेको निकुञ्जले यस वर्षको सात महिनाकै अवधिमा उल्लेखनीय राजस्व वृद्धि गर्न सफल भएको निकुञ्जका वन प्राविधिक सुनिल राउतले जानकारी दिए।

विसं २०७२ को भूकम्पपछि फाट्टफुट्ट आगमन सुरू भएको आन्तरिक पर्यटकको संख्या हिजोआज निकै वृद्धि भएको र यो हिसाबले बढ्ने हो भने आगामी दिनमा वार्षिक २० हजार भन्दाबढीको आगमन हुने पर्यटन व्यवसायीले अपेक्षा गरेका छन्।

पर्यटकका लागि गुणस्तरीय बासस्थान मिलाउन उत्तरी रसुवाका विभिन्न स्थानमा साना ठूला तीन सयभन्दा बढी पर्यटकीय होटल सञ्चालन भइरहेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेल (निसान) ले बताए।

यस्तै आकाश मार्गबाट हिमाली सम्पदाको अवलोकन र पवित्र तीर्थ गोसाइँकुण्डको स्नानका लागि हेलिकोप्टर प्रयोग गर्ने यात्रुको सङ्ख्यासमेत क्रमशः बढ्न थालेको छ। हेलिकोप्टरको उडान भर्ने प्रायः सबै एयरलाइन्सले सेवा दिने गरेका कारण पवित्र तीर्थमा ज्येष्ठ नागरिकलाई लगेर स्नान र पूजाआजा गराउन सहज भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

हेलिकोप्टर कम्पनीले उडान भरेबापत कम्पनीको आयवृद्धि हुनाका साथै राज्यकोषमा अवतरण शुल्कबापत राजस्वसमेत दाखिला हुँदै आएको छ। विभिन्न नौवटा यात्रुवाहक हेलिकोप्टर कम्पनीले काठमाडौं(गोसाइँकुण्डको उडान-अवतरण शुल्कबापत नौ लाख ६७ हजार छसय ५० रूपैयाँ गत वर्ष राज्यकोषमा दाखिला गरिसकेको निकुञ्ज कार्यालयले जनाएको छ।

गत साउनदेखि पुस मसान्तसम्मको अवतरण शुल्कबापत पाँच वटा कम्पनीबाट दुई लाख ५२ हजार रूपैयाँ राजस्व दाखिला भइसकेको र राजस्व दाखिला नगर्ने कम्पनीलाई भने ताकेता गरिहेको जनाइएको छ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार १६:१६ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...