back
NMB ad

मर्जरमा गएका प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार मिति तय

Kumari bank ad

काठमाडौं। मर्जरमा गएका प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सले वैशाख २ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

जीवन बीमा कम्पनीको इतिहासमै पहिलोपटक तीन कम्पनीले बिग मर्जर गरेका थिए। गत वैशाख २९ गते मर्जर सहमतिपत्रमा हस्ताक्षर गरेको एक वर्षमा यी कम्पनीहरुले एकीकृत कारोबार गर्न लागेका छन्।

तर, एकीकृत कारोबारका लागि धेरै पटक मिति तोकेपनि एक्चुअरी भ्यालुएसन नसकिँदा पटकपटक सफल हुन सकेको थिएन।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पराजुलीले यी तीन कम्पनीले एकीकृत कारोबार वैशाख २ गते समय निर्धारण गरेको जानकारी दिए। प्राइम र युनियन लाइफको एक्चुअरी भ्यालुएसन सकिइसकेको छ। गुराँसको एक्चुअरी र लेखापरीक्षणमा समस्या देखिएको थियो।

‘अहिले त्यो समस्या पनि समाधान भइसकेको छ,’ उनले भने। उनका अनुसार विस्तृत लेखापरीक्षणहरु सबै मिलिसकेको हुनाले अब कम्पनीहरुले तोकिएको समयभित्र एकीकृत कारोबार गर्ने दाबी गरे। यी तीन कम्पनीले डीडीएका आधारमा स्वाप रेसियो १ः१ः१ का आधारमा मर्ज हुने निर्णय गरेका छन्। मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार हुनेछ।

कम्पनीको केन्द्रीय कार्यालय हालको प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको स्थानमा हुनेछ । त्यस्तै, नयाँ बन्ने कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हालको युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण रहने छन्। गुराँस लाइफका सीइओ विपिन कर्ण र प्राइमका सीइओ निर्मल दाहाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने छन्।

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई चैत मसान्तभित्र चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन निर्देशन दिएको छ। जसमा मर्जरपछि यी तीन कम्पनीको चुक्ता पुँजी ७ अर्ब ७० करोड रुपैयाँभन्दा बढी पुग्नेछ। साथै, गत असार भित्र मर्जर हस्ताक्षर गरेका कारण हिमालयन लाइफले थप सेवा तथा सुविधा पाउने प्राधिकरणले जनाएको छ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार १९:५२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...