back
NMB ad

लगानीकर्तालाई उच्च लाभांश दिने यी कम्पनी, हेर्नुहोस् कुनले कति दिए ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत अधिकांश कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेर धमाधम पारित गर्दैछन्। नेप्सेमा २५० कम्पनी सूचीकृत भएर सेयर कारोबार भइरहेका छन् । यी २५० कम्पनीलाई नेप्सेले १३ वटा समूह वर्गीकरण गरेको छ ।

१३ वटा समूहमा सूचीकृत कम्पनीहरुमा गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने जाल्पा सामुदायिक लघुवित्त, नबिल बैंक, गरिमा विकास बैंक, आइसीएफसी फाइनान्स, सोल्टी होटल, रिडी पावर कम्पनी, एचआईडिसीएल, यूनिलिभर नेपाल, सानिमा इक्विटी फण्ड, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशन रहेका छन् ।

लघुवित्त समूहमा जाल्पा लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद गरी कूल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जुन राष्ट्र बैंकबाट अझै स्वीकृत हुन सकेको छैन। अधिकांश लघुवित्तको लाभांशमा राष्ट्र बैंकले कडाइ गरेर संशोधन गरेकोले जाल्पाको पनि घट्न सक्छ।

बैंकिङ्ग समूहमा आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा नबिल बैंक छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको हो ।

विकास बैंक समूहमा सबैभन्दा धेरै गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गरेको हो ।

वित्त (फाइनान्स) समूहबाट आईसीएफसी फाइनान्सले सबैभन्दा धेरै लाभांश वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको हो ।

होटल एण्ड टुरिजम समूहबाट सोल्टी होटलले सबैभन्दा धेरै लाभांश वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र २१.३१ प्रतिशत नगद गरी कूल २६।३१ प्रतिशत लाभांश वितरण गरेको हो ।

जलविद्युत समूहबाट सबैभन्दा धेरै रिडी पावर कम्पनीले सबैभन्दा धेरै लाभांश वितरण गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेको हो ।

इन्भेष्टमेन्ट समूहबाट सबैभन्दा धेरै हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण गरेको हो ।

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहबाट सबैभन्दा धेरै युनिलिभर नेपालले वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १ हजार २१५ प्रतिशत नगद गरी लाभांश वितरण गरेको हो ।

म्युचुल फण्ड समूहबाट सबैभन्दा धेरै सानिमा इक्विटी फण्डले वितरण गरेको छ। फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

निर्जीवन बीमा समूहबाट शिखर इन्स्योरेन्स कम्पनीले वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत नगद गरी कूल १६.८४२१ प्रतिशत लाभांश वितरण गरेको हो ।

अन्य समूहबाट नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

ट्रेडिङ्ग समूहबाट साल्ट ट्रेडिङ्ग कर्पोरेशनले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव भएको हो ।

जीवन बीमा समूहमा सूचीकृत कम्पनीहरुले भने गत वर्षको नाफा हालसम्म वितरण गर्ने घोषणा गरेका छैनन् ।

वि.सं.२०७९ फागुन २७ शनिवार १०:१४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...