back
NMB ad

आत्मनिर्भर लघुवित्तको आइपिओ तपाइलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धकका अनुसार आईपिओमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या १५ लाख ३६ हजार २ सय ६३ जना कायम रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढिको आवेदन परेकोले योग्य रहेका १५ लाख ३६ हजार २ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जसमा १६ हजार ९ सय ७६ जनाले मात्र शेयर पाएका छन् । शेयर पाएका १६ हजार ९ सय ७६ जना मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आईपिओ निष्काशन गरेको थियो। कम्पनीले ३ हजार १ सय १७ कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याई, १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरि , १ लाख ६९ हजार ५५ कित्ता शेयरको लागि आम सर्बसाधारणको लागि निष्काशन गरेको थियो।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । लघुवित्तको आइपीओ ३ वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धको वेबसाइट :  https://www.sunrisecapital.com.np/

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

वि.सं.२०७९ फागुन २८ आइतवार १०:१९ मा प्रकाशित

You can share this post!

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:४२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल,...

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:३१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २४ वैशाख : पश्चिम नवलपरासीमा रहेको...

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...