back
NMB ad

फागुनमै सुक्न थाले खानेपानीका मुहान

Kumari bank ad

महोत्तरी । यस वर्ष फागुन नसकिँदै खानेपानीका मुहान थालेका छन्। सामान्यतया वैशाखरजेठमा खानेपानीको मुहान सुक्ने गरेकामा यस वर्ष खडेरीले फागुन नसकिँदै मुहान सुक्न थालेका हुन्।

महोत्तरीको उत्तरी भेगमा पर्ने बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको मुहान सुक्दै गएका छन्। पानीका स्रोत सुक्दै गएपछि यसपाली खानेपानीको हाहाकार हुने भन्दै स्थानीयवासी चिन्तित भएका छन्। ‘धाराबाट पानी झर्नै छाड्यो’, बर्दिबास-२ की गायत्री उपाध्यायले भनिन्, ‘गत वर्ष यो समयमा यस्तो भोग्नु परेको थिएन, पानीका लागि अहिले त दिनभर कुरेर बस्नुपर्ने भएको छ।’

बर्दिबास नगरपालिकाका धेरैजसो बस्तीमा नदी, खोल्सी र जरुवाको पानी संकलन गरिएको पानी सर्वसाधारणलाई वितरण गरिँदै आइएको छ। यस वर्ष हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा पानीको समस्या भएको स्थानीय बताउँछन्। ‘पानीको स्रोत सुक्दै गएकाले धारामा पानी घटेको हो’, बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेनले भने।

संस्थाले बर्दिबास-१, २, ३ र १४ वडाका उपभोक्तालाई खानेपानीको व्यवस्था गर्दै आएको छ। बर्दिवासका चल्की विजलपुरा, भेडियारीटोल, मेघरोलसहितका बस्तीमा चापाकल तथा पशुपतिनगर, विजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका बस्तीमा इनार प्रयोग गरिँदै आएकामा केही समययता चापाकल सुक्दै गएका छन्।

इनारमा पनि पानीको सतह गहिरिएको स्थानीयले बताए। भङ्गाहा र गौशालामा इनार र चापाकलको प्रयोग गरिन्छ। पानीका स्रोत सुक्दै गएका भङ्गाहा-४ प्रेमनगरका जवाहर महतोले बताए। ‘अब वर्षा भएमात्र पानी पर्याप्त हुन्छ’, उनले भने। वडा नं ४ र ५ का बस्तीमा बर्सेनि गर्मीयाममा खानेपानीको संकट हुँदै आएको छ। ‘पहिला १५ हात इनार खनेपछि पानीको मूल भेटिन्थ्यो’, स्थानीय ६० वर्षीय हरिदेव साहले भने।

चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या भएको छ। जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या भएको हो। बर्दिवास-३, ४, ५, १० र ११ वडा यस क्षेत्रमा पर्छन्। ‘एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैनथे, पछिल्ला केही वर्षयता नदी, पाखा र बगर पर्ती जग्गामा बालुवा, ढुंगा झिक्न ठूलाठूला उपकरण प्रयोग हुन थालेपछि मुहान सुक्दै गएका हुन्’, बर्दिवास(१० खयरमाराका ६० वर्षीय प्रेमध्वज लामाले भने। पानीका मुहान सुक्दै जानुका कारण वन विनाश र अवैध उत्खनन् नियन्त्रण हुन नसक्नु पनि भएको उनले बताए।

खानेपानीको स्रोत इनारमात्र भएका बर्दिवास-८ को हाथीलेटको विजय बस्तीमा पनि पानी सुक्दै गएको छ। गौशाला नगरपालिकाको बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर तथा भङ्गाहा नगरपालिकाको प्रेमनगर, भूचक्रपुर, धतियाटोल, रामनगरसहितका बस्तीमा इनार र चापाकल सुक्न थालेपछि फागुन नसकिँदै खानेपानीको संकट भएको छ।

बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बस्तीमा पाँच वर्षयता इनार सुक्नेक्रम बढ्दै गएको छ। यसअघि लामो खडेरी पर्दा मात्र इनार सुकेका थिए। गाईबस्तुलाई पानी खुवाउन समस्या भएको स्थानीयको भनाइ छ। पानी अभावले बालीनालीसमेत सुक्न थालेको भङ्गाहा-४ रामनगरका नारायण दाहालले बताए।

चुरे क्षेत्रका खोल्साखोल्सी, वन क्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएकाले यीनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको संकट नटुंगिने भङ्गाहा-७ का वन, वातावरण र चुरे विज्ञ डा विजयकुमार सिंहले बताए।

वि.सं.२०७९ फागुन २८ आइतवार १६:५८ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...