back
NMB ad

एपानको ५५औं अन्तराष्ट्रिय सम्मेलन काठमाडौं हुने

Kumari bank ad

काठमाडौं । एशिया प्यासिफिक एडभान्स नेटवर्कको (एपान) को ५५औं अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन फाल्गुण २९ देखि चैत्र ३ गतेसम्म काठमाडौं मेरियट होटेलमा आयोजना हुन गइरहेको राजधानीमा पत्रकार सम्मेलन गरी जनाइएको छ ।

एपान ५५ मूल समितिका संयोजक लोचनलाल अमात्यले सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्बन्धी संस्थाहरू नेपाल रिसर्च एण्ड एजुकेसन नेटवकले गर्ने जनाए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले कार्यक्रम गर्न लागेको उनले जनाए । विश्वभर फैलिएको कोभिड महामारीपछि पहिलो पटक भौतिक रुपमा आयोजना हुन लागेको पाँचदिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना हुन लागेको उनले जनाए ।

सम्मेलनको अवधिभर ५५ वटा भन्दा वढी सेसनहरु सञ्चालन हुने जनाइयो । साथै १७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धानलगायतका विभिन्न क्षेत्रहरुमा केन्द्रित रही प्रस्तुती दिने छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा दुई जना नेपालीसहित ४ जना व्यक्तिहरूले मुख्य वक्ता (कि स्पिकर) को रुपमा सम्मेलनलाई सम्बोधन गर्ने छन् ।

सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनीकिकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्द्रित रही सहभागीबीच छलफल हुने जनाइएको छ । साथै नेपालकोतर्फवाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्युनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्वन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुती रहने कार्यक्रम तय भएको छ ।

२५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधिसँग सम्वन्धीत संस्थाहरुवाट १५० गरी ३३० भन्दा बढी प्रतिनिधिहरु सम्मेलनस्थल काठमाडौं मेरियटमा सहभागी हुने साथै २०० भन्दा बढी व्यक्तिहरू अनलाइनका माध्यमबाट पाँच दिनसम्म सञ्चालन हुने एपानको ५५ औं सम्मेलनमा सरिक हुने आसा गरिएको छ ।

नेपालमा पहिलोपटक हुन लागेको यस सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाएकोे डिजीटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पर्‍याउने देखिन्छ । सम्मेलनले देशमा वैज्ञानिक अनुसन्धान र यस सम्वन्धी पुर्वाधारहरुको आवश्यकताका साथै राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउने अपेक्षा गरिएको छ । योसँगै नेपाल सरकारले सुचना प्रविधि र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा गरिरहेका प्रयास विश्वमाझ पुर्‍याउने अवसर समेत यस सम्मेलनले जुटाउने देखिन्छ । साथै विभिन्न देशका प्रतिनिधि सँगको आपसी अन्तरकृयाले नेपाली अनुसन्धानकर्ता तथा शैक्षिक संस्थाहरुले हाल विश्व समुदायसँग गरिरहेका वैज्ञानिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

अन्तराष्ट्रिय सम्मेलनको आयोजनको लागि विभिन्न संघ संस्थाहरुको सहयोग गर्नुहुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस सम्मेलन आयोजनाको सहकार्य भएको छ । नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकमलगायतका संस्थाहरुले सम्मेलनको लागि प्रायोजन गर्ने भएका छन् । सम्मेलनको लागि आवश्यक इन्टरनेट व्याण्डवीथ वल्र्ड लिंक कम्युनिकेशन तथा सुविसु केबुलनेटले उपलव्ध गराउने भएका छन् ।

एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको    सहकार्यमा स्थापित एसिया प्यासिफिक एडभान्स नेटवर्कले सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरुमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको छ । यसले विगत २५ वर्षदेखि एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरु सँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको छ ।

वि.सं.२०७९ फागुन २८ आइतवार १८:०१ मा प्रकाशित

You can share this post!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १२:०३

काठमाडौँ, ३१ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:५५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु   

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:४२

नयाँदिल्ली, ३१ वैशाख : भारतको तल्लो सदन लोकसभाको चौथो चरणको...

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी   

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:३७

प्रकाश सिलवाल काठमाडौँ, ३१ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा   

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:२०

काठमाडौँ, ३१ वैशाखः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र...

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री   

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:१३

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...