back
NMB ad

सम्झौताको सात वर्षपछि खन्ती-जोमसोम सडक कालोपत्र सुरू

Kumari bank ad

जोमसोम । मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरू भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँचसय मिटर दूरीको खन्ती-जोमसोम खण्ड कालोपत्रको काम सुरू भएको हो।

आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी-पार्वती जेभीले जेभीले खन्तीदेखि जोमसोमतर्फ आस्कपाल्ट प्रविधिको कालोपत्र गर्न थालेको जानकारी दिए। ‘एक किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिसकेको छ’, उनले भने, ‘ठेकेदारसँग हाल चार किलोमिटर कालोपत्र गर्न पुग्ने बिटुमिन मौज्दात छ। थप बिटुमिन र अन्य सामग्री जुटाएर जोमसोमसम्म कालोपत्र गर्ने प्रतिबद्धता जनाएको छ।’

विस्तार, नाली र पर्खाल निर्माण सकेर ग्राभेल भएको ठाउँमा ११ मिटर चौडाइका दरले कालोपत्र हुन लागेको हो। यो सडक कालोपत्र गर्न विसं २०७३ असारमा पप्पु-गौरी-पार्वती-कोसी एण्ड न्यौपाने जेभीले ९९ करोड ६२ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

साझेदार मध्य पप्पु र कोसी एण्ड न्यौपानेका सञ्चालकले काम नगरेपछि एक वर्षदेखि रोकिएको सडक निर्माण गौरी एण्ड पार्वतीले पूर्णता दिन लागेको आयोजनाले जनाएको छ। सडक निर्माणको काम अलपत्र पारेका सञ्चालक सम्पर्कमा नआएपछि आयोजनाले गत पुसमा कालोसूचीमा राख्ने चेतावनीसहितको सूचना जारी गरेको थियो।

कालोसूचीबाट जोगिनका लागि गौरी पार्वतीले काम अघि बढाउने जिम्मेवारी लिएको छ। गौरी पार्वतीले आयोजनाअन्तर्गत नै ठेक्का लिएको चराङ-छोसेर खण्डको २५ किलोमिटर खण्डको काम पनि अघि बढाउन लागेको आयोजना प्रमुख प्रजापतिले बताए। ग्राभेलका लागि ५८ करोड २६ लाखमा ठेक्का सम्झौता भएको यो खण्डको ९० प्रतिशत निर्माण सकिएको छ।

वि.सं.२०७९ फागुन २९ सोमवार ११:५४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...