काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । जसपाकै रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी हुन् ।
उनले पार्टीकै निर्देशनमा उम्मेदवार दर्ता गराएकी थिइन् । अब गठबन्धनमा रहेको जनतम पार्टीबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा छन् ।
वि.सं.२०७९ फागुन २९ सोमवार १२:४३ मा प्रकाशित