back
NMB ad

बैंकिङ संकट रोक्ने भन्दै बन्द भयो बैंक

Kumari bank ad

काठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि अर्को बैंक बन्द भएको हो । नियामकहरूले न्यूयोर्क आधारित सिग्नेचर बैंक पनि बन्द गराएका हुन् ।

सम्भावित बैंकिङ संकट रोक्नका लागि भन्दै  न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रेजरी, फेडरल रिजर्भ, र एफडीआईसीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै बैंक बन्दको घोषणा गरेका छन् ।

विज्ञप्तिमा बैंकका सबै निक्षेपकर्ताको रकम सुरक्षित रहने उल्लेख छ । यो अमेरिकी बैंकिङ इतिहासमा तेस्रो असफलता हो । बैंकिङ नियामकहरूले सिग्नेचर बैंकका डिपोजिटकर्ताहरूलाई आफ्नो डिपोजिटमा पूर्ण पहुँच हुने पनि बताएको छ ।

अमेरिकामा एकपछि अर्को बैंक बन्द भएसँगै वित्तीय संकट गहिरिएको आँकलन गरिएको छ । सन् २००८ मा आएको आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक हो ।

यसअघि वासिंगटन म्युचुअल असफल भएको थियो । सिलिकन प्रविधिमा आधारित थियो भने सिग्नेचर क्रिप्टोकरेन्सी कारोबारमा आधारित थियो ।

वि.सं.२०७९ फागुन २९ सोमवार १३:१३ मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...