काठमाडौं । सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेको छ । खर्चको अनुपातमा परिमाण बढाउन नसकेपछि सरकारले समग्र अनुदान ११.८ प्रतिशतले कटौती गरेको हो ।
अनुदान घटेसँगै अब किसानले किन्ने मलको भाउ बढ्नेछ । हाल रासायनिक मलमा सरकारले ८० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । बढेको मूल्यअनुसार अब युरिया मल प्रतिकिलो २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ ।
यसअघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास किन्न पाइन्थ्यो ।
वि.सं.२०७९ फागुन २९ सोमवार १७:०९ मा प्रकाशित