back
NMB ad

छुटाउनुभयो कि ? तीन लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । आज फागुन ३० गते मंगलबार तीन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आरएमडीसी, समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी तीन वटै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली ९चैत १ गते बुधबार बुक क्लोज गर्दैछन् । त्यसकारण, यी तीन वटै कम्पनीको लाभांश सुरक्षित गर्ने आज सेयर खरिद गर्नुपर्ने हुन्छ ।

समता घरेलु लघुवित्त
समता घरेलु लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद (कर सहित) गरी जम्मा १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न संस्थाले चैत ११ गते हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११.३० बजे वार्षिक साधारण सभा बोलाएको छ ।

आरएमडीसी लघुवित्त
आरएमडीसी लघुवित्तले आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत बोनस र कर प्रयोजनसहित १.३७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सोही लाभांश पारित गर्न कम्पनीले चैत १० गते सभा अमृतभोग,कालिकास्थान काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

मनकामना स्मार्ट लघुवित्त
मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी जम्मा ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लाभांश पारित गर्न कम्पनीले चैत १६ गते होटल पौवा सिद्धार्थनगर–६ रुपन्देहीमा वार्षिक साधारण सभा बोलाएको छ ।

वि.सं.२०७९ फागुन ३० मंगलवार ०९:२७ मा प्रकाशित

You can share this post!

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...