back
SKIPNTC Content Block
SKIP
NMB Ad
Ncell Banner Ad

कुमारी बैंकको जीवन बीमा सुविधासहित आकर्षक योजना सार्वजनिक

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधासहितको थप मुद्दति निक्षेप योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकको मुद्दति रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त हुनेछ।

नेपालमै पहिलोपटक जीवन बीमा सुविधासहितकोे मुद्दति निक्षेप योजना सार्वजनिक गरेको बैंकले कुमारी जीवन बीमा मुद्दति खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दति रकम दुईगुणा हुने व्यवस्था गरेको छ। यो योजनाअन्तर्गत बैंकले मुद्दति रकमबराबरको आवधिक जीवन बीमा सुविधाबापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्नेछ।

यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्यूनतम ५० हजार रुपैयाँदेखिको मुद्दति खाता खोल्न सक्नेछन्। सो योजनाअन्तर्गत मुद्दति निक्षेपकर्ताले अधिकतम १ करोड रुपैयाँसम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन्।

ग्राहकले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दति रकम दुईगुणा वृद्धि हुनेछ। यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै लग्ने प्रतिबद्धता जनाएको छ।

वि.सं.२०७९ चैत १ बुधवार १३:१४ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्ता गरिमा क्यापिटल नियुक्त

स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्ता गरिमा क्यापिटल नियुक्त

वि.सं.२०८१ असोज २१ सोमवार १६:०५

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने...

दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्: लुम्बिनी विकास बैंकले वेष्ट बैंक नेपाल सहित पाँच उपाधि जित्यो

दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्: लुम्बिनी विकास बैंकले वेष्ट बैंक नेपाल सहित पाँच उपाधि जित्यो

वि.सं.२०८१ असोज २१ सोमवार १५:५४

काठमाडौं । इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ...

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनःनिर्माणमा खटाइने   

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई पुनःनिर्माणमा खटाइने   

वि.सं.२०८१ असोज २१ सोमवार १५:३५

काठमाडौँ : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको स्रोत र जनशक्तिलाई पछिल्लो...

दसैँमा पनि वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान   

दसैँमा पनि वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान   

वि.सं.२०८१ असोज २१ सोमवार १५:२७

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा ३डी प्रदान गर्ने विकास बैंक, के-के छन् फाइदा ?

महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा ३डी प्रदान गर्ने विकास बैंक, के-के छन् फाइदा ?

वि.सं.२०८१ असोज २१ सोमवार १५:२२

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज...

चन्द्रागिरी हिल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

चन्द्रागिरी हिल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असोज २१ सोमवार १५:१५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...