back
NMB ad

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड गर्ने तयारी, कति जनाको हुने भयो हात खाली ?

Kumari bank ad

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार आज चैत १ गते प्रिअलटमेन्ट सम्पन्न भएको र शुक्रबार ( चैत ३ गते) बाँडफाँड गर्ने तयारी रहेको बताएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिन सम्म १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता शेयरको २०७.१० गुणा बढी हुन आउँछ ।

कम्पनीको आइपीओ पाउन भाग्य कै भर पर्नु पर्ने अवस्था रहेको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँड गर्दा ५ हजार ४७५ जनाले मात्र १० कित्ता आइपीओ हात पार्ने देखिएको छ । झण्डै १५ भन्दा बढी आवेदनको हात खाली हुने देखिएको छ ।

कम्पनीले फागुन १८ गतेदेखि आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको हो ।

जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्काशन हुनेछ । यसमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

यस्तै, जारी पुँजीको १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्तामा सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

वि.सं.२०७९ चैत १ बुधवार १३:०२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...