back
NMB ad

रासायनिक मलको मूल्यवृद्धिप्रति साना किसान कृषि सहकारी संघ बाराको आपत्ति

Kumari bank ad

इन्दीप कोइराला, बारा । सरकारले रसायनिक मलको मूल्यमा भारी वृद्धि गरेको प्रति साना किसान कृषि सहकारी संघ बाराले आपत्ती जनाएको छ । किसानलाई दिँदै आएको सुविधा काटेर सरकारले अन्याय गरेको बारा संघले जनाएको हो ।

कृषि संघ बाराले किसानलाई समयमा मल समेत उपलब्ध गराउन नसकेको सरकारले यसअघि दिँदै आएको अनुदानमा समेत कैंचि लगाउँदा किसान थप मर्कामा पर्ने उल्लेख गरेको छ ।

‘नेपाल सरकारले कृषिमा अहोरात्र योगदान पुर्‍याउने रासायनिक मलमा अनुदान कटौती गरी मूल्यवृद्धि गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कृषकलाई ठूलो आर्थिक भार पार्नेगरि गरिएको मूल्यवृद्धिको हामी विरोध गर्दछौं,’  संघका अध्यक्ष मिश्रीलाल सहनीद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा भनिएको छ ।

संघले सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गरिएकाे छ । ‘सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गर्दछौं । नेपाल कृषि प्रधान देश हो र यहाँका करिब ७० प्रतिशत जनसंख्या प्रत्यक्ष कृषि पेसामा जोडिएका छन् । हामी हाम्रो देशको खाद्य सुरक्षा, गरिबी निवारण, आर्थिक समृद्धि, निर्यात र व्यापार घाटा न्यूनीकरण तथा आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने क्षेत्रको रूपमा बुझ्न पनि आग्रह गर्दछौं,’ संघले भनेकाे छ ।

अनुदान कटौटी गगरी गरिएको मुल्य वृद्धिको भत्सर्ना गर्दै कृषि संघले नेपाली कृषकहरूको अत्यावश्यक जरुरीका रासायनिक मल, बिउ, किटनाशक औषधि, सिँचाई, बजार व्यवस्था जस्ता कुराहरू सधैँ भोन्नु परिरहेका बेला गरिएको मुल्य वृद्धिले किसानका समस्या समाधान गर्नुको साटो उल्टै प्रत्यक्ष मार पार्ने काम भएको बताएको छ ।

वि.सं.२०७९ चैत २ बिहीवार १०:५९ मा प्रकाशित

You can share this post!

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...