काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ।
हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको ६०ः४० को सेयर अनुपात रहेको छ। त्यसलाई ५१.४९ सेयर अनुपात कायम गर्न कम्पनीले सेयर संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको हो।
यसका लागि कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिइसकेको छ भने १५ औं वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ।
अब आफ्नो सेयर सर्वसाधारणमा परिणत गर्न नचाहेमा वा इच्छा नभएमा ७ दिनभित्र काठमाडौंको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी गराउन संस्थापक सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ।
वि.सं.२०७९ चैत २ बिहीवार ११:२१ मा प्रकाशित