back
NMB ad

सर्वसाधारणसँग स्वास्थ्य बीमाको २२ लाख रुपैयाँ लिएर कर्मचारी फरार

Kumari bank ad

काठमाडौं । सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको रकम आफ्नो खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी फरार भएका छन् । बीमा बोर्डको खातामा जम्मा हुनुपर्ने करिब २२ लाख रुपैयाँ रकम आफ्नो खातामा राखेर बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली फरार भएका हुन् ।

पुुस ११ गतेदेखि फरार भएका अलिलाई स्वास्थ्य बीमा बोर्डले २४ घण्टाभित्र हाजिर भई स्पष्टीकरण पेश गर्न पत्राचार गरेपनि फिरोज अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ । अलीले गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो खातामा जम्मा गरेको पाइएको बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिए ।

बीमावापत सर्वसाधारणले जम्मा गरेको रकम जति आफ्नो खातामा राखेर उनले पछि आफ्नो व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरी पेश गरेका थिए । तर त्यसबेला खातामा रकम नभई चेक फिर्ता (बाउन्स) भएको थियो । तोकिएको समयसीमाभित्र उपस्थित नभए अपचलन गरेको रकम ब्याजसहित असुल गरी कानुनी कारबाही अघि बढाइने पनि बोर्डले जनाएको छ ।

बोर्डले २९ असारमा सार्वजनिक सूचना निकाल्दै तोकिएको समय भित्र रकम दाखिल गरेर स्पष्टीकरण पेश नगरेमा अपचलन गरेको रकम व्याज सहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गर्ने जनाएको छ ।

वि.सं.२०७९ चैत २ बिहीवार १४:१५ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...