back
NMB ad

बिपिडब्लु लघुवित्तको आइपीओ भोली बाँडफाँड गर्ने, आइपीओ हात पार्न भाग्यकै भर

Kumari bank ad

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार चैत १ गते प्रिअलटमेन्ट सम्पन्न भएको र चैत ३ गते शुक्रबार बिहान ११ बजे बाँडफाँड गर्ने तयारी रहेको बताएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिन सम्म १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता शेयरको २०७.१० गुणा बढी हुन आउँछ ।

कम्पनीको आइपीओ पाउन भाग्य कै भर पर्नु पर्ने अवस्था रहेको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँड गर्दा ५ हजार ४७५ जनाले मात्र १० कित्ता आइपीओ हात पार्ने देखिएको छ । झण्डै १५ भन्दा बढी आवेदनको हात खाली हुने देखिएको छ ।

कम्पनीले फागुन १८ गतेदेखि आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको हो ।

जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्काशन हुनेछ । यसमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

यस्तै, जारी पुँजीको १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्तामा सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

वि.सं.२०७९ चैत २ बिहीवार १४:३५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...