काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषदमा एकैपटक ५ सय जनाभन्दा बढीका लागि जागिरको अवसर खुलेको छ।
कृषिसम्बन्धी अध्ययन अनुसन्धान गर्ने यो सरकारी संस्थामा प्राविधिक तथा प्रशासनिक गरी ५ सय २३ पदमा जागिर खुलेको हो। परिषदले ५ सय २३ जना खुला तथा समावेशी गरि नयाँ भर्ना खुलाएको हो।
अधिकांश पद वैज्ञानिक तथा प्राविधिक पदमा रहेको छ। सबैभन्दा धेरै जेटीए पदमा ४८ जनाका लागि रहेको छ। त्यस्तै प्राविधिक सहायकका लागि ३० जनाका लागि खुलेको छ।
विभिन्न विधाका वैज्ञानिक तथा प्राविधिका लागि खुलेको यो विज्ञानपमा योग्य तथा इच्छुकले ३० दिनभित्र परिषदमा निवेदन दिनुपर्ने छ।
वि.सं.२०७९ चैत ३ शुक्रवार १०:२१ मा प्रकाशित