काठमाडौं । नयाँ सारथी लघुवित्त र बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ ।
दुईसंस्थाबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी भएको समझदारीको आधारमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रदान भएको हो ।
केन्द्रीय बैंकले नयाँ सारथी र बिजय लघुवित्तको मर्जरलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार एकआपसमा गाभिने सम्बन्धी विनियमावली २०७३ बमोजिम गाभिने सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
वि.सं.२०७९ चैत ३ शुक्रवार १०:२८ मा प्रकाशित