back
NMB ad

धान खरिदमा लक्ष्य प्राप्त भएन

Kumari bank ad

जनकपुरधाम। प्राथमिक खरिद समितिको निर्णय झन्झटिलो भएकोले यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड प्रादेशिक कार्यालय जनकपुरले लक्ष्यअनुसार धान खरिद गर्न सकेको छैन ।

नेपाल सरकारले सो कार्यालयलाई यसवर्ष १५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य दिएकोमा हालसम्म ३० लाख १६ हजार १७४ मुल्य बराबरको ९६४ दशमलव २५ क्वीन्टल धान मात्र खरिद गरेको छ ।

संघीय सरकारले यसवर्ष सो कार्यालयलाई किसानहरुसँग सोना मन्सुली धान प्रतिक्वीन्टल ३ हजार १२८ रुपैयाँमा खरिद गर्न निर्देशन दिएको छ ।

कृषि ज्ञान केन्द्र धनुषाको प्रमुख शंकर साहको संयोजकत्वमा गठित समितिले धान खरिद गर्दा किसानहरुले जग्गा धनिको लालपुर्जा र बैंकमा खाता खोलेको हुनुपर्ने नियम अनिवार्य लागु गरेपछि किसानहरुले झन्झटिलो प्रक्रियाको कारण खाद्य व्यवस्थालाई धान नबेची निजी व्यापारीलाई धान बेचेकाले यसपालि लक्ष्य प्राप्ति हुन नसकेको सो कार्यालयका सूचना अधिकारि रामपुकार मण्डलले बताए ।

अघिल्लो आर्थिक वर्षमा १५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको १६ हजार ६६८ क्वीन्टल धान खरिद भएको थियो । स्थानीय गल्ला व्यापारीले किसानहरुसँग उद्यारोमा धान खरिद गर्दा किसानहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडलाई धान बेच्दा नगदमा रकम आउने गरेको भएपनि यसवर्ष धान विक्रि गर्ने प्रक्रिया झन्झटिलो भएकोले अधिकाश किसानहरु मारमा परेका छन् ।

जबकि अरु जिल्लामा रहेको सो कार्यालयहरुले एउटा किसानसँग बढीमा ६५ क्वीन्टल सम्म धान खरिद गरेको देखिन्छ । यसवर्ष जिल्लामा १ लाख ७६ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।

वि.सं.२०७९ चैत ५ आइतवार ११:२८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...