काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको ५ प्रतिशत बोनस बापतको ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् सो सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०७९ चैत ५ आइतवार ११:४२ मा प्रकाशित