back
NMB ad

उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, वरिष्ठ उपाध्यक्षको मनोनयन शुल्क ५ लाख रुपैयाँ

Kumari bank ad

काठमाडौं । चैत २९ गते निजी क्षेत्रको ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा आगामी कार्यकालको लागि चुनाव हुँदैछ । निर्वाचनका लागी नेपाल उद्योग वाणिज्य महासंघका साधारण सभा तथा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

एफएनसीसीआईको साधारणसभा चैत २८ गने होटल याक एण्ड यतिमा हुने छ भने निर्वाचन चैत २९ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जनाइएको छ ।

सोहि चुनावपछि चन्द्र ढकाल महासंघको नेतृत्व सम्हाल्दै छन । महासंघको ३ बर्षे कार्यकालको लागी अध्यक्ष हुँदै गर्दा ढकाल आफु अनुकुल टिम बनाउन व्यस्त छन । तर, अहिलेसम्म उनी कुनै प्यानलमा खुलेका भने छैनन् ।

महासंघको आगामी कार्यकालको लागी वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्यहरुको चुनाव हुँदै छ ।

महासंघको विधान चुनावमा उम्मेदवारले उम्मेदवारी शुल्कसहित मनोनयन पत्र र प्रतिनिधिपत्र साधारणसभा हुनुभन्दा ७ दिन पहिले दर्ता गराइसक्नुपर्ने छ । सोही अनुसार उम्मेदवार बन्न २१ गते ५ बजेसम्म उम्मेदवारी मनोनयन गर्नुपर्ने छ । उम्मेदवारले अनलाइन माध्यमबाट समेत मनोनय दर्ता गर्ने व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।

मनोनयन दर्ताको लागि वरिष्ठ उपाध्यक्षको लागि ५ लाख रुपैयाँ तोकेको छ । त्यसैगरी, उपाध्यक्षको लागि ३ लाख र कार्यकारिणी सदस्यको लागि ७५ हजार रुपैयाँ मनोनय शुल्क तोकिएको छ ।

वि.सं.२०७९ चैत ५ आइतवार १३:५० मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...