back
NMB ad

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

Kumari bank ad

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच चैत ५ गते मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनीको डिडिए सम्पन्न भई पूर्वनिर्धारित स्वाप रेसियो १ः१ मा आपसमा मर्जरमा जाने अन्तिम सम्झौता भएको हो ।

हिजो भएको दुबै कम्पनीबीचको सम्झौतापत्र हस्ताक्षर भएपछि दुवै कम्पनीले विशेष साधारणसभामार्फत उक्त अन्तिम सम्झौता पारित भई एकीकृत कारोबार गर्न थाल्नेछन् । त्यसको लागि करिब थप ४५ देखि ६० दिन लाग्नेछ ।

गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका डिडिए सम्पन्न भएको छ । २७ गते मर्जर सम्झौता भएकोमा फागुन १२ गतेतिरबाट डिडिए सुरु गरिएको थियो ।

प्रारम्भिक सम्झौता गरेको ३८ दिनमा दुई बीमा कम्पनीले अन्तिम मर्जर सम्झौतामा हस्ताक्षर गरेको हो । सम्झौतामा नयाँ कम्पनीको सिईओमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ हुनेछन् । त्यस्तै कम्पनीको अध्यक्षमा हेमराज ढकाल हुनेछन् । कम्पनीको नाम आइएमई प्रुडेन्सियल इन्स्योरेन्स राख्ने सहमति भएको छ ।

वि.सं.२०७९ चैत ६ सोमवार १०:२४ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि   

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि   

वि.सं.२०८१ असार १० सोमवार १७:००

सियोल, १० असार : दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी...

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

वि.सं.२०८१ असार १० सोमवार १६:५४

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

वि.सं.२०८१ असार १० सोमवार १६:४४

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो...

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा विशेष छुट

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा विशेष छुट

वि.सं.२०८१ असार १० सोमवार १६:३६

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका...

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर

वि.सं.२०८१ असार १० सोमवार १६:२३

हेमन्त जोशी काठमाडौँ, १० असार : मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना...

सेयर बजारमा सामान्य सुधार आउँदा दुई  कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार १० सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...