back
NMB ad

एनएमबि लघुवित्तले बोलायो साधारण सभा, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

Kumari bank ad

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा बोलाएको गरेको छ।

संस्थाको सञ्चालक समितिको चैत ५ गते आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा दिउँसो १२ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश गरी जम्मा १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको पारित गर्नेछ।

बोनस सेयर वितरणपछि संस्थाको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

नेपाल राष्ट्र बैंककाट इजाजतपत्र प्राप्त अन्य लघुवित्त संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन उचित देखिएमा सोका लागि सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले चैत १७ गतेदेखि आउँदो वैशाख १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ, चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

वि.सं.२०७९ चैत ६ सोमवार ११:०७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...